तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा आगामी जेठ १३ गते सम्म निषेधाज्ञा थपियो 

मकवानपुर । मकवानपुरमा आगामी जेष्ठ १३ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकको सिफारिसमा स्थानीय प्रशासनले आगामी जेष्ठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
यस अघि जिल्लाको ४ वटा स्थानीय तहमा जारी निषेधाज्ञाको समयसँगै स्थान समेत थप गरेर जिल्लाभर वैशाख ३१ गते राती १२ बजेबाट लागु हुने गरि जेठ १३ गतेसम्मको लागि निषेधाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।
कोरोना नियन्त्रणका लागि जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी र भीमफेदी गाउँपालिकामा वैशाख ३१ गते सम्म जारी गरिएको निषेधाज्ञा आगामी जेष्ठ १ गतेबाट १३ गतेसम्म जारी गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका गाउँ गाउँमा समेत कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएकाले जिल्लाभर निषेधाज्ञा लगाइएको उहाँले बताउनुभयो । उहाँले अबको निषेधाज्ञा थप कडाईका साथ लागु गरिने समेत जानकारी दिनुभयो ।
उहाँले हेटौँडामा मर्निङ/इभिनिङ वाक गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तु बिहान ८ बजे सम्म खुल्ने, नगरभित्रका बैङ्कहरू साताको दुई दिन मङ्गलवार र शुक्रवार मात्र खोल्ने, वित्तीय र सहकारी संस्था भने पूर्णरुपमा बन्द गर्ने जस्ता निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button