तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडामा संक्रमित बोक्न ‘अटो एम्बुलेन्स’ 

हेटौडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आजबाट “अटो एम्बुलेन्स” सेवा सुरु गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि आजबाट संक्रमित बोक्न हरेक वडामा दुई वटाका दरले अटो एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो ।
वैशाख २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरले अटोलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको थियो । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालयहरुसंग आवश्यक समन्वय गरी प्रत्येक वडामा दुई दुई वटा अटो एम्बुलेन्स सञ्चालन गर्ने प्रशासनले निर्णय गरेको थियो ।
सोही अनुसार नेपाल अटो तथा विद्युत् यातायात प्रा.ली हेटौँडाले आजबाट अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button