तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १८ जनाको मृत्यु, ४ यस ९४ जना नयाँ सङ्क्रमित 

भैरहवा । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा रुपन्देहीमा १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जना नयाँ कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप–महानगरपालिकामा ८७ जना महिला, १ सय  ७ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा १८ जना महिला र २७ जना पुरुष नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।
त्यसैगरि तिलोत्तमा नगरपालिकामा ७० जना महिला, ६० जना पुरुष, सियारी गाउँपालिकामा ४ महिला, ७ पुरुष थपिएका छन् भने देवदह नगरपालिकामा ९ महिला ११ पुरुष, गैँडहवा गाउँपालिकामा १ महिला, ३ पुरुष, मायादेवी गाउँपालिकामा २ महिला १ जना पुरुष संक्रमित भएका छन् ।
सैनामैना नगरपालिकामा २२ महिला १९ जना पुरुष सङ्क्रमित थपिएका छन् । ओमसतिया गाउँपालिकामा ६ महिला, २ पुरुष सङ्क्रमित थपिएका छन् भने, कञ्चन गाउँपालिकामा ९ महिला, ११ पुरुष सङ्क्रमित भएका छन् । रोहिणी गाउँपालिकामा १ महिला र १ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ जना पुरुष, सुद्धोधन गाउँपालिकामा २ महिला  ३ पुरुष, सम्मरीमाई गाउँपालिकामा १ पुरुष, कोटहीमाई गाउँपालिकामा ५ महिला र ४ जना पुरुष नयाँ संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
हाल सम्म रुपन्देही जिल्लामा १३ हजार २ सय २८ जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या ३ सय २७ जना र सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४ सय ७० जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button