तपाईँ सुन्दै हुनुहुन्छः

आजदेखि सांसदहरूलाई कोरोना खोपको दोस्रो डोज दिइने

फाइल तस्बिर

काठमाडौं । आजदेखि सांसदहरुलाई कोरोना कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई शुक्रबारदेखि कोरोनाभाइरसविरूद्धको खोपको दोस्रो डोज लगाउन लागिएको जनाएको हो ।

शुक्रबारदेखि आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने सचिवालयले जनाएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button