तपाईँ सुन्दै हुनुहुन्छः

खेल्ने क्रममा घाँटीमा पासो लागेर एक बालिकाको मृत्यु

चितवन । खेल्ने क्रममा चितवनको रत्न नगरमा एक बालिकाको घाँटीमा पासो लागेर मृत्यु भएको छ ।
पूर्वी चितवनको रत्ननगर—१६, पिठुवा दोबाटोमा बस्ने अन्दाजी ८ वर्षकी बालिका र अन्य दुई जना बालबालिकासँग खेल्ने क्रममा घाँटीमा पासो लागि मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
डिएसपी रानाका अनुसार ३ जना साना साना बालबालिकाहरू खेल्न क्रममा झ्यालमा बाँधिएको डोरीले बालिकाको घाँटीमा पासो लागेर दुर्घटना भएको देखिएको भए पनि घटनाको अनुसन्धान भइरहेको छ ।
घाँटीमा पासो लागेर घाइते भएकी बालिकालाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको भए पनि उनको मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button