तपाईँ सुन्दै हुनुहुन्छः

नारायणी अस्पतालमा आज उपचाररत थप ३ जनाको मृत्यु

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा आज उपचाररत थप ३ जनाको मृत्यु भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा आज बिहान ४ः०० बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
मृतक महिलाको उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमै आज बिहान बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ८५ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको  छ ।
वैशाख २३ गते अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी गए राति पर्साको डकैला बहुअरी वडा नम्बर २ निवासी ५० बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालमा वैशाख १८ गते उपचारार्थ भर्ना भएकी महिलाको कोरोना सङ्क्रमणको कारण उच्च निमोनिया र श्वास प्रश्वासमा समस्या भएपछि गए राति निधन भएको डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button