तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप १ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ५६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा १ सय ७ जना पुरुष र ४९ जना महिला रहेका छन् ।
संक्रमित मध्ये १ सय १४ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका ३२ जना, रौतहटका ८ जना, सर्लाहीका १ जना र महोत्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह १८ वर्षदेखि ९० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव १ देखि ३५ दशमलव ९ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button