तपाईँ सुन्दै हुनुहुन्छः

व्यास नगरपालिकामा चिकित्सक र अक्सिजन सिलिण्डरसहितको आइसोलेसन 

तनहुँ । तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा सञ्चालन गर्न लागेको आइसोलेसनमा एमबिबिएस डाक्टर राखिने भएको ।
आइसोलेसनमा बस्ने सङ्क्रमितको उपचारका लागि नगरपालिकाले चिकित्सक नियुक्त गरेको छ ।
नगरपालिकाले कृषि विकास बैङ्कको भवनमा ५० जना बस्न मिल्ने गरी आइसोलेसन तयार गर्दै छ ।
घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेसन बनाएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
उक्त आइसोलेसनमा प्रारम्भिक परीक्षण र अक्सिजन समेतको व्यवस्थापन गरिनेछ ।
जटिल बिरामीहरूलाई अस्पतालसम्म पुर्‍याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button