तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

अछाम । कोरोना भाइरसको सङ्क्रमणबाट अछाममा  थप एक  जना पुरुषको ज्यान गएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

कोरोना सङ्क्रमित भएपछि उहाँको अस्पतालको आइसोलेसनमा उपचार भइरहेकोमा श्वासप्रश्वासमा थप समस्या भई ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।

योसँगै अछाममा कोरोना भाइरसको दोस्रो लहरमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने हालसम्म जम्मा १५ जनाको ज्यान गएको जिल्ला अस्पताल अछामले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button