तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु

वीरगञ्ज । वीरगन्जका विभिन्न अस्पतालमा आज उपचाररत थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा ६ जना, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जको अस्थायी कोभिड अस्पताल होटेल बाबा ईन्टरनेशनलमा १ जना, स्पर्श मल्टी स्पेस्यालिटि अस्पतालमा १ जना र प्रभु अस्पतालमा १ जना गरी ९ जनाको मृत्यु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालमा आज अपराह्न २ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १६ निवासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । वैशाख २७ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका पुरुषको आज दिउँसो मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
वीरगन्जको स्पर्श मल्टी स्पेस्यालिटि अस्पतालमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ निवासी ६८ वर्षीय पुरुषको आज ११.१८ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
६८ वर्षीय पुरुष वैशाख ३० गते अस्पताल भर्ना भएकोमा ३० गते नै कोरोना संक्रमण पुष्टि भएको र उपचारको क्रममा आज मृत्यु भएको श्रीबास्तबले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button