तपाईँ सुन्दै हुनुहुन्छः

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीद्वारा कार्यभार ग्रहण

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । उहाँले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दोस्रो कार्यभार सम्हाल्नुभएको हो ।
सो अवसरमा मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटीको ) सन् २०२१–२०२५ को पाँच वर्षे रणनीति सम्बन्धी अध्ययन गर्न कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गर्नुभएको छ ।
सो अवसरमा उहाँले कोभिड संक्रमण नियन्त्रण गर्न सबैको सहयोग अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ । उहाँले कक्षा १० को एसइई र १२ को परीक्षाको मोडलको विषयमा चाडै नै निर्णय गर्नुपर्ने बताउनुभएको छ । उहाँले कोभिडमा शिक्षा क्षेत्रले गर्ने सहयोगको विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउनुभएको छ ।
शितल निवासमा राष्ट्रपति समक्ष शपथग्रहण भए लगत्तै मन्त्रालयमा पदभार ग्रहण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठलाई शिक्षा सचिव रामप्रसाद थपलियाले स्वागत गर्नु भएको थियो ।
कार्यभार सम्हाल्न आज मन्त्रालय पुग्नुभएका मन्त्री श्रेष्ठले कोभिडले आक्रान्त पारेको अवस्थामा शिक्षा क्षेत्रलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने बताउनुभयो ।
कोभिडको कारण मन्त्रालयका भिडभाड रहित आयोजना गरिएको ब्रिफिङमा  सहसचिव डा. हरि लम्साल, प्रवक्ता एवं सहसचिव दीपक शर्मा, डा तुलसी थपलिया, युवराज सुवेदी, शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक बैकुण्ठ अर्याल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button