तपाईँ सुन्दै हुनुहुन्छः

सबै एकताबद्ध भई कोभिड सङ्कटको अन्त्य गर्नुपर्छः मन्त्री गुरुङ

File Photo

काठमाडौँ । सञ्चार तथा सूचना प्रवृधिमन्त्री पार्वत गुरुङले कोरोनाको संक्रमण रोक्न कोभिड फोकस रणनीतिक कार्ययोजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रुपमा आज शपथ ग्रहण गरे लगत्तै आफ्नो पदभार ग्रहण गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको समृद्धिको यात्रालाई पुरा गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले विभिन्न सङ्कट अन्त्य गर्नुपर्ने परिस्थितिमा राजनीतिक अन्यौलताले मुलुकलाई गति प्रदान गर्न नसकेको र त्यो गन्तव्यमा जानका लागि अवरोधहरू सृजना भइरहने अवस्थालाई पुन चिर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा पुन मन्त्रीपरिषद् गठन भएको जानकारी दिनुभयो ।
उहाँले विश्वमा नै कोभिडको सङ्कट भएका बेला विगतका सबै कुरा बिर्सेर सबै एकताबद्ध भई सङ्कटको अन्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न रणनीतिक योजना आफूले अगाडि बढाइसकेको उल्लेख गर्दै मन्त्री गुरुङले बाँकी काम पुरा गर्न आफ्नो पुन नियुक्ति भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button