तपाईँ सुन्दै हुनुहुन्छः

बँदेलको आक्रमणबाट ३ जना घाइते, एकको अवस्था गम्भीर 

दार्चुला । दार्चुलामा बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्बाव भन्ने ठाउँमा जङ्गली बँदेलको आक्रमणबाट ३ जना घाइते भएका हुन । आज बिहान गाउँ नजिकैको जङ्गलबाट बस्तीमा पसेको बँदेललाई धपाउने क्रममा बँदेलले आक्रमण गर्दा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय वर्ष १६ का गोविन्द धामी, ७५ बर्षीया धौली धामी र अन्दाजी २० वर्षीय अनिल धामी रहेको प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button