तपाईँ सुन्दै हुनुहुन्छः

थप ८ हजार  ५२० जनामा कोरोना संक्रमण पुष्टि, ६ हजार १३५ सङ्क्रमणमुक्त, २०३ जनाको मृत्यु

file photo
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार  ५ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार ९ सय ४८ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ६७ जना र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ५३ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख ३९ हजार ६ सय ५८  पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप ६ हजार १ सय ३५ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २७ हजार ६ सय ५३ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ लाख ७ हजार ३ सय ३६ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ सय ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ४ हजार ६ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button