तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशाेक

काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ । उहाँकी धर्मपत्नी निर्मला गच्छदारको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले निर्मला गच्छदारको निधनको खबरले आफू मर्माहित भएको जनाउँदै उहाँको आत्माको चीरशान्तिको कामनाका साथ शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button