तपाईँ सुन्दै हुनुहुन्छः

सात केजी दुईसय ग्राम गांँजा सहित एकजना पक्राउ

चितवन । चितवनमा ७ केजी दुईसय ग्राम सहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभारका चेत बहादुर घर्ती मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार घर्तीले गांँजा बेचबिखन गरेको भन्ने सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा झोलामा स–साना पोका पारेका अवस्थामा गांँजा बरामद गरिएको हो ।

उनलाई बुधबारनै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता सरोज गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button