तपाईँ सुन्दै हुनुहुन्छः

जबरजस्ती करणीको आरोपमा दुई पक्राउ

पाल्पा।पाल्पामा जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

तिनाउ गाउँपालिका बस्ने बर्ष १३ की बालिकालाई सोहि ठाउँका बर्ष ४४ का पुर्णचन्द्र बस्नेत र सोहि ठाउँकै बर्ष ४३ का चन्द्र बहादुर बिकले जबरजस्ती करणी गरेको आरोपमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ ।

आरोपी दुवै व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button