तपाईँ सुन्दै हुनुहुन्छः

बर्दियामा कोरोना संक्रमित बढैसँगै थप कडाइ

बर्दिया । विश्वभर महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस सङ्क्रमणले बर्दिया पनि अछुतो रहन सकेको छैन ।

जिल्लामा सङ्क्रमणको दर बढे सँगै जारी निषेशज्ञालाई थप कडा बनाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले वैशाख १३ गते देखी जारी निषेधाज्ञा जेष्ठ १० गते सम्मका लागी लम्बाएको छ । संक्रमण दर बढे सँगै बर्दियाका ठुला बजारहरू सुनसान देखिएको छ भने बाँके सँगै सीमा जोडिएको मानखोलाबाट आवत जावतमा समेत कडाइ गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागी बजार अनुगमन, बैङ्क तथा वित्तीय संस्था, खुला सीमा नाका लगायत क्षेत्रमा थप कडाइ गरिएको छ ।

दोस्रो चरणको सङ्क्रमणमा २१ सय भन्दा बढी संक्रमित पुग्दा ४७ जनाले ज्यान गुमाइसकेका छन् । समुदाय स्तरमा संक्रमण बढेकोले परीक्षणको दायर बढाई भयावह अवस्था आउन नदिन स्थानीय प्रशासन लागेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले बताउनुभयो  ।

बर्दियामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रहरीले कारबाही समेत जारी राखेको छ । विना काम बाहिर हिँडडुल नगर्न तथा निषेधाज्ञाको पालन गर्न प्रहरीले आग्रह गर्दै आएको छ । बर्दिया प्रशासनले जारी गरेको निषेधाज्ञाको पालना गराउन प्रहरी कडा रुपमा प्रस्तुत भएको छ भने अवज्ञा गर्नेलाई विभिन्न स्थानमा होल्डिङ्ग सेन्टर निर्माण गरी कारबाही गरिँदै आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक प्रहरीको ईश्वर कार्कीले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button