तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा उपचारको क्रममा थप तीन जनाको मृत्यु

बीरगंज । बीरगंजमा आज उपचारको क्रममा थप तीन जनाको मृत्यु भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा आज दिउसो ११ः४५ बजे रौतहटको बंकुल निवासी ३५ बर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
वैशाख ३० गते नारायणी अस्पताल भर्ना भएकी महिलाको पिसीआर रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि महिलाको मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी नारायणी अस्पतालमै आज ११ः०५ बजे बारागढी गाउँपालिका वडा नम्बर २ देवरवा निवासी ४२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको  छ ।
वैशाख २९ गते अस्पतालमा भर्ना भएका पुरुषको एन्टिजेन रिपोट पोजेटिभ आएको र उपचारकै क्रममा आज मृत्यु भएको डा.दासले बताउनुभयो ।
यसै गरी बीरगंजस्थित तराई अस्पतालमा गए राति बीरगंज महानगरपालिका वडा नम्बर ३ नबासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
यसअघि शुक्रवार मात्रै बीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button