तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ३१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परीक्षणको क्रममा १ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ८७ जना पुरुष र ४४ जना महिला रहेका छन् ।
संक्रमित मध्ये ९९ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २१जना, रौतहटका ५ जना, सर्लाहीका ४ जना, बाग्मतिका १ जना, बाँकेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ३ वर्षदेखि ८० वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १४ दशमलव ६ देखी ३५ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button