तपाईँ सुन्दै हुनुहुन्छः

होल्ड गरी राखिएका ५७ वटा सिलिण्डर अस्पताललाई हस्तान्तरण

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न कलकारखाना तथा ग्यारेजहरूमा होल्ड गरी राखिएका ५७ वटा सिलिण्डर अस्पताललाई हस्तान्तरण गरेको छ ।
वेल्डिङ लगायतका कामका लागि राखिएका तथा प्रयोगविहीन अवस्थामा रहेका अक्सिजन सिलिन्डर सङ्कलन गरी महाकाली अस्पताल र प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीलाई हस्तान्तरण गरेको हो ।
अक्सिजनको कमी भएर बिरामीले मृत्युवरण गर्नुपरेको समेत अवस्थालाई मध्यनजर गरी कञ्चनपुर प्रहरीले जिल्लाभित्र अक्सिजन सिलिन्डर सङ्कलनको अभियान चलाएको छ ।
आजसम्म कञ्चनपुर प्रहरीले कुल ५७ वटा सिलिन्डर महाकाली कोरोना अस्पताल र प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीलाई हस्तान्तरण गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार कोभिड सङ्क्रमितका लागि अक्सिजन अभाव हुन थालेपछि सिलिन्डरको खोजी तथा सङ्कलन कार्य सुरु गरेको एसपी उमा प्रसाद चतुर्वेदीले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button