तपाईँ सुन्दै हुनुहुन्छः

 सुनसरीमा निषेधाज्ञालाई कडा बनाउन सेना परिचालन

सुनसरी  । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका ३ सहरहरूमा सेना परिचालन गरेको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सेना परिचालन गरिएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले लकडाउनको आदेशलाई उल्लङ्घन गर्ने व्यक्ति उपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिनासम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताएका छन् ।

यो ऐन अन्तर्गत काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने बताउनुभयो ।

सुनसरीको इटहरी ,धरान र इनरुवा क्षेत्र आसपास राजमार्गमा समेत सेनाले नियमित गस्ती गर्ने जिल्ला जोड्ने सीमा नाकामा सुरक्षाकर्मी थप गरेर भए पनि एक जिल्लाबाट अर्को जिल्ला आवत जावत गर्न समेत कडाइ गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

यस बिचमा जनपथ र सशस्त्र प्रहरी सडकमा खटिएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन सेना परिचालन गरिएको बताउनुभयो ।

सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले पनि पहिलाको सङ्क्रमणभन्दा अहिले संक्रमण अलि फरक भए जस्तो पहिलाको लकडाउनभन्दा अहिलेको लकडाउन पनि पुरै कडाइ हुने बताउनुभयो ।

कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ १५ गतेसम्म सुनसरी पूर्ण निषेधाज्ञा जारी गरिएको छ । यस बिचमा मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button