तपाईँ सुन्दै हुनुहुन्छः

चिसोले कुखुरा मर्न थाले,  किसान चिन्तित  

सल्यान । कृषकको खोरमा रहेका कुखुरा मर्न थालेपछि कुखुरा पालक कृषक चिन्तित भएका छन् ।
दुई चार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट चिसोले मर्न थालेपछि आर्थिक क्षति भएको छ ।
चिसोले आफ्नो फर्ममा रहेका ५ सय कुखुरा मरेको नमुना एकीकृत कृषि फर्मका सञ्चालक लोकराज भण्डारीले बताउनुभयो ।
झन्डै एक हप्तासम्म परेको पानीले चिसो बढेपछि फर्ममा राखिएका ५ सय बढी कुखुरा मरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, दुई सय ग्रामसम्म पुगेका थिए । निरन्तर पानी परी रहने र रातको समयमा तापक्रम दिन बिजुली बत्ती पनि जाँदा ठुलो क्षति व्यहोर्नु परेको छ ।
५ सय कुखुरा मर्दा ६० देखि ७० हजार रुपैयाँसम्म घाटा लागेको भण्डारीले बताउनुभयो । कुखुरा २ सय ग्रामसम्म भएकाले क्षति कम भएको उहाँको भनाई छ ।
गत वैशाख १८ गते आएको बाढीले उहाँको माछा समेत बगाएको थियो । पोखरीमा रहेका झन्डै ६ लाख माछाका भुरा बाढीले बगाउँदा १२ लाख बढीको क्षति भएको थियो ।
पटक पटक आइरहने प्राकृतिक विपत्तिले किसानहरूलाई व्यवसाय सञ्चालन गर्न निकै समस्या बनाएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button