तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ६ सङ्क्रमितको मृत्यु

symbolic picture

कैलाली । कैलालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीका ५ जना र कञ्चनपुरका १ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५५५ जनामा संक्रमण पुष्टि भएको छ ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ८३५ जनाको परिक्षण गर्दा प्रदेशका ५५५ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीका मात्रै ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।
कैलाली बाहेकका प्रदेशका अन्य जिल्लामा २० जनामा संक्रमण पुष्टि भएको छ । अहिले अस्पतालको अस्थायी कोरोना अस्पतालमा १०८ जना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button