तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमित बिरामीहरूको उपचार हुँदै आएको बाँकेका दुई अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा एक जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जना गरी थप दुई जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेहरूमा कुमाख गाउँपालिका २ सल्यानका ३६ वर्षीय पुरुष र कोहलपुर नगरपालिका ८ बाँकेका २६ वर्षिया महिला हुनुहुन्छ ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७८ जना र जिल्लाकै २३२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button