तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा थप १२७ जना संक्रमित, थप ४ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २ सय ३९ जनामा गरिएको थप १ सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले दिनुभएको जानकारी अनुसार १ सय ७८ जनाको पीसीआर र ६१ जनाको एन्टीजीन विधिबाट गरिएको परीक्षणबाट पथ १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ६ हजार ४०८ पुगेको उहाँले बताउनुभयो । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । ७९ जना होम आइसोलेसन र ८ जना संस्थागत आइसोलेसनबाट गरी पछिल्लो २४ घण्टामा ८७ जना संक्रमित डिस्चार्ज भएको उहाँले बताउनुभयो । यो सँगै जिल्लामा हालसम्म ४ हजार २८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मकवानपुरमा थप ४ जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । योसँगै मकवानपुरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५८ जना पुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button