तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु

जनकपुरधाम । प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचारमा रहेका ३ जना कोरोना सङ्क्रमितको पछिल्लो पटक मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको बरदाहा घर भएका वर्ष ७० को एक जना पुरुष रहनुभएको प्रादेशिक अस्पतालका कोरोना विशेष अस्पतालका प्रवक्ता डा. मनिष पाण्डेले जानकारी दिनुभयो । मृतकको विगत ३ दिनदेखि अक्सिजन दिएर उपचार भइरहेकोमा एक्कासि मृत्यु भएको जानकारी दिनुभयो ।
यसैगरी मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा घर भएका वर्ष ५३ का एक जना पुरुष रहेका छन् । उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता डा. पाण्डेले जानकारी दिनुभयो ।
जनकपुरकै वर्ष ४९ की एक महिलाको उच्च ज्वरोका कारणले मृत्यु भएको छ । उनको ज्वरो नियन्त्रणमा नआएको र शरीरमा अक्सिजनको मात्रामा कमी आएको कारणले मृत्यु भएको प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
हिजो मात्र ६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।
हाल प्रादेशिक अस्पतालमा ५४ जना कोरोनाका गम्भीर प्रकारका सङ्क्रमितको उपचार भइरहेको छ । समयमा अक्सिजनको लेभल ८०÷९० भएको वेलामा भर्ना हुने थुप्रै गंभिर प्रकारका बिरामीहरू कोरोना विशेष अस्पतालबाट निको भएर डिस्चार्ज हुने गरेको अस्पतालका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।
अहिले दैनिक रुपमा प्रादेशिक अस्पतालमा ५० देखि ५५ वटा सिलिन्डर ग्याँस खपत हुने गरेको छ । यसै बीच प्रादेशिक अस्पतालमा देखिएको अक्सिजनको अभावलाई कम गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले ७ थान आज अक्सिजन सिलिन्डर उपलब्ध गराएको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button