तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण पत्रकार शाहीको मृत्यु 

बाँके । कोरोना सङ्क्रमणका कारण बाँकेमा एक जना पत्रकारको मृत्यु भएको छ । कोरोना संक्रमण भई उपचाररत रहनुभएका अवधि पत्रकार सङ्घ जिल्ला शाखा बाँकेका सहसचिव रइस शाहीको शनिबार मृत्यु भएको हो ।
लामो समयदेखि सञ्चार संस्थामा आबद्ध रहनुभएका शाहीको शनिबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय शाहीलाई वैशाख १८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य समेत रहनुभएका शाहीको ९ वर्षीया छोरी र ४ वर्षको एक छोरा छन् । सङ्घ बाँकेका शाखा र केन्द्रीय शाखाले शाहीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बाँकेका शाखा अध्यक्ष चन्द्रेश्वर त्रिपाठी र केन्द्रीय अध्यक्ष राकेश मिश्राले एक योद्धा गुमाएको साथै शाहको निधनको खबरले सङ्घ स्तब्ध भएको विज्ञप्ति मार्फत बताउनुभएको छ ।
यसैबिच पत्रकार महासङ्घ बाँकेले पनि साहीको मृत्युप्रति गहिरो समवेदना प्रकट गरेको छ । महासङ्घ सचिव कमल डाँगीद्वारा जारी शोक वक्तव्यमा पत्रकार साईको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको छ ।
यस्तै गरी नेपाल मुस्लिम पत्रकार क्लबले पनि शाहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button