तपाईँ सुन्दै हुनुहुन्छः

कलैयाको पाँच ठाउँमा मास्क बैङ्कको स्थापना

बारा । बारा कलैयाको पाँच ठाउँमा मास्क बैङ्कको स्थापना गरिएको छ ।
‘नहुनेले लिएर जानुस्, हुनेले दिएर जानुस्’ नाराको साथमा कलैयाको गुप्ता पेट्रोल पम्प नजिक निवर्तमान समानुपातिक प्रदेश सभा सदस्य महम्मद समीरले उद्घाटन गर्नुभयो ।
उद्घाटन गर्दै निवर्तमान प्रदेश सभासद् समीरले कोभिडको महामारीबाट बच्न सबैलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गर्नुभयो । सर्बसाधरणमा मास्कको पहुँच पुगोस् भन्ने उद्देश्यले यस बैङ्कको स्थापना गरिएको हो ।
कलैयाको गुप्ता पेट्रोल पम्प, सिद्धार्थ स्विट अगाडी, केसर स्विट अगाडि, नेपाल टेलिकम अगाडि र कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा मास्क बैङ्क  स्थापना गरिएको जानकारी भ्वाईस अफ बाराको अध्यक्ष तथा मास्क बैङ्क कार्यक्रमको अध्यक्ष महम्मद शाहिद रजाले जानकारी दिनुभयो ।
भ्वाईस अफ बाराको आयोजनामा तथा ल्यान्स क्लब अफ कलैया, बारा उद्योग वाणिज्य सङ्घ कलैया बारा, मरवाडि सेवा समिति कलैया बारा र जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा मास्क सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button