तपाईँ सुन्दै हुनुहुन्छः

चन्दननाथका सङ्क्रमितलाई पोसिला आहारा र स्वास्थ्य सामाग्री वितरण 

जुम्ला । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै पुगेर पोसिला आहारा र स्वास्थ्य सामाग्री र भिटामिन वितरण गरेको छ ।
नगरस्तरी विपद् व्यवस्थापन समितिको बैठकले सङ्क्रमितका घरघरमा पोसिला आहारासँगै स्वास्थ्य सामाग्री पुराउने निर्णय गरेसँगै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी कोसेली लिएर सङ्क्रमितका घरघरमा पुगेका हुन् ।
चन्दननाथ नगरपालिकामा हालसम्म ६१जना संक्रमित छन् । जसमध्ये ४३ जना होमआइसोलेनमा बसेका छन् भने बाँकी कर्णाली प्रतिष्ठानको आइसोलेसनमा उपचाररत छन् । घरमा बसेका र अस्पतालबाट फर्किन गरी पहिलो चरणमा चन्दननाथका ५५ जना सङ्क्रमितलाई घरघरमै पुगेर पोसिलो आहारा र स्वास्थ्य सामाग्री र भिटामिन वितरण गरिएको हो ।
त्यस अवसरमा होम आइसोलेसनमा बस्दा अपनाउनु पर्ने उपाय सिकाउनुका साथै मनोबल उच्च पार्न परामर्श समेत दिइएको छ  । जिल्लाको पहिलो स्थानीय तहका रुपमा चन्दननाथले सङ्क्रमितका घरघरमा पुगेर भेटघाट तथा पोसिला आहारा दिने कार्यक्रमले संक्रमित पनि खुसी भएका छन् ।
चन्दननाथ नगरपालिकाका १० वटै वडाकाका ५५ सङ्क्रमितलाई निको नभए सम्मका लागि पुग्ने गरी घरमै पुगेर चना २ केजी, अण्डा १ क्यारेट, च्यावनप्रास १ बट्टा १५ दिनका लागि भिटामिन सी र भिटामिन बि, साथै साबुन २ चक्की, स्यानिटाइजर १ बट्टा र मास्क २ प्याकेट वितरण गरिएको चन्दननाथका विपद् व्यवस्थापन शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button