तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका अस्पतालमा उपचाररत थप  ७ जना संक्रमितको मृत्यु

बाँके । बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेजमा एकजना गरी थप सात जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा मधुवन नगरपालिका–९ बर्दियाका ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दियाका ५० वर्षीय पुरुष, गौरीगंगा गाउँपालिका–४ बाँकेका ५२ वर्षीय पुरुष, रुम्टिगढी–३ रोल्पाका ३५ वर्षीय पुरुष हुनुहुन्छ ।

त्यस्तै सङ्क्रमणकै कारण बढैयाताल गाउँपालिका–२ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१५ का ६७ वर्षीय पुरुषको समेत कोभिड सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १८३ जना र जिल्लाकै २३४ जनाले हालसम्म ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button