तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट ८ जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत मधुवन नगरपालिका ९ बर्दियाका ७१ वर्षीय पुरुष, बढैयाताल १ बर्दियाका ५० वर्षीय पुरुष, रुन्टीगढी ३ रोल्पाका ३५ वर्षीय पुरुष, बढैयाताल २ बर्दियाका ८७ वर्षीय पुरुष, नेपालगन्ज १९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर १५ बाँकेका ६७ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत गौरीगङ्गा ४ कैलालीका ५२ वर्षीय पुरुष र राप्तीसोनारी २ की ५२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट बाँकेका २३५ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button