तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि

बीरगंज । बीरगंजस्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय ९२ जनाको पिसीआर परीक्षणको क्रममा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा ६१ जना पुरुष र २५ जना महिला रहेका छन् ।
संक्रमित मध्ये ५८ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका १५ जना, रौतहटका १० जना, सर्लाहीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको डा.दासले बताउनुभयो ।
सङ्क्रमितको उमेर समूह ७ वर्षदेखि ९८ वर्षसम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु १३ दशमलव ६ देखी ३६ दशमलव ४ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
यसै गरी नारायणी अस्पताल बीरगंजमा अहिले १ सय २१ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।
जसमध्ये १३ जनाको भेन्टिलेटरमा ७५ जनाको आइसियुमा र ३३ जनाको एचडियुमा उपचार भइरहेको नारायणी अस्पतालका सूचना अधिकारी डा. सरोज सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button