तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका युवा नेता शंकरको कोरोना सङ्क्रमणका कारण निधन

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता नवराज शंकरको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।
एमाले इलामका कार्यालय सचिव तथा बाल सङ्गठन अध्यक्ष ३४ वर्षीय शंकरको विराट मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हो ।
गत वैशाख २२ गते कोरोना पुष्टि भएपछि शङ्कर होम आसुलेसनमा बस्नुभएको थियो  । श्वास प्रश्वासमा समस्या भएपछि शंकरलाई आइसियुमा राखिएको थियो ।
विद्यार्थी हुँदादेखि तार्किक क्षमता भएका शङ्कर राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय हुनहुन्थ्यो । जातीय विभेद विरुद्धका अभियानमा सहभागी शङ्कर दलित अधिकार कर्मीको रुपमा सक्रिय हुनुहुन्थ्यो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन कोषाध्यक्ष भइसक्नु भएको थियो  ।
उहाँको डेढ वर्षकी छोरी र श्रीमती हुनहुन्छ । क्षमतावान् र सबैसँग मित्रवत् व्यवहार गर्ने शंकरको निधनले इलाम शोकमा डुबेको छ ।
इलाममा शंकरसहित ११ जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button