तपाईँ सुन्दै हुनुहुन्छः

भानु नगरपालिकामा १५ बेडको आइसोलेसन तयार

तनहुँ । तनहुँको भानु नगरपालिकाले १५ बेड क्षमताको आइसोलेसन तयार गरेको छ ।
नगरपालिकाले भानु–५ स्थित पुरनडिही नगर अस्पतालमा उक्त आइसोलेसन बनाएको हो ।
दोस्रो लहरको कोरोना संक्रमण रोकथाम एवं सङ्क्रमितहरूको उपचारका लागि १५ बेड क्षमताको आइसोलेसन कक्ष तयार गरेको भानु नगरपालिकाकी उपप्रमुख आशा थापाले जानकारी दिनुभयो  । उहाँले भन्नुभयो ’नगर बासीको उपचारलाई महत्त्व दिँदै उक्त आइसोलेसन तयार गरेका हौँ ।’
सोमबारदेखि सङ्क्रमितलाई राख्ने गरी तयारी पुरा भएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
भानु नगरपालिकासँग १५ थान अक्सिजन सिलिन्डर रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराई बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो ’थप अक्सिजन सिलिन्डरका लागि प्रहरी, प्रशासन र विभिन्न सङ्घसंस्थालाई सहयोग मागेका छौँ ।’
पुरनडिहीमा २५ बेडसम्म बनाउन सकिने उहाँले जानकारी दिनुभयो । त्यसबाहेक भानु–१० कालीमाटीमा समेत १० बेडको आइसोलेसन बनाउन सकिने स्वास्थ्य प्रमुख भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button