तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना बिरामी भर्ना नलिने प्रदेश अस्पतालको  निर्णय विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दायर

सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालले अक्सिजन अभाव देखाउँदै कोरोना संक्रमित बिरामी भर्ना नलिने निर्णय विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा परेको छ ।
अधिवक्ता गणेशबहादुर वलीले आइतबार कोभिड–१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी भर्ना नलिने निर्णय विरुद्ध प्रदेश अस्पतालसँगै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाएर उच्च अदालत सुर्खेतमा मुद्दा दायर गर्नु भएको हो ।
कोरोना सङ्क्रमणको दोस्रो भेरियन्ट समुदाय स्तरसम्म व्यापक फैलिएर मृत्यु दर उच्च भएको कर्णालीमा प्रदेश सरकार र प्रदेश अस्पतालले संक्रमण रोकथाममा लापरबाही गर्दै नागरिकप्रति गैर जिम्मेवार बनेकाले मुद्दा दायर गरिएको अधिवक्ता वलीले बताउनुभयो ।
दायर भएको मुद्दामा प्रदेश अस्पताल सुर्खेतले शुक्रवार बिरामीको चाप बढेपछि थप बिरामी भर्ना नलिने सूचना जारी गर्नुले संविधान विपरीत नागरिकको स्वास्थ्य माथि खेलबाड भएको उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button