तपाईँ सुन्दै हुनुहुन्छः

पिसीआर प्रयोगशाला सञ्चालनका लागि ५ लाख सहयोग

अछाम । अछामको मङ्गलसेन नगरपालिकाले जिल्लाको कमलबजार पिसिआर प्रयोगशालालाई थप ५ लाख सहयोग गरेको छ । नगरपालिकाले ५ लाख रुपैयाँको चेक आज कमलबजार पिसिआर प्रयोगशालालाई हस्तान्तरण गरेको हो ।
जिल्लामा एक मात्र पिसिआर प्रयोगशालाको नियमित सञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले थप पाँच लाख सहयोग गरेका छौँ, नगर प्रमुख पदम बहादुर बोहराले भन्नुभयो । जिल्लामा कोरोना परीक्षणका लागि कमलबजार पिसिआर प्रयोगशाला मात्रै रहेकाले उक्त प्रयोगशालालाई नियमित सञ्चालनका लागि सहयोग गरिएको नगर प्रमुख बोहराको भनाई छ ।
मङ्गलसेन नगरपालिकाले यसअघि समेत  प्रयोगशालाका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो । विगत २ दिनदेखि प्रयोगशालाको सेन्ट्रिफ्युज मेसिनमा समस्या आई मर्मतका लागि काठमाण्डौं पठाइएको छ । मेसिनमा समस्या आए पछि अछाममा २ दिनदेखि आरटी-पीसीआर परिक्षण स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button