तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभामा निषेधाज्ञा थप 

सङ्खुवासभा । सङ्खुवासभामा कोरोना सङ्क्रमणको दोस्रो लहर बढ्दै गइरहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरेको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा आइतबार बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र डिसीसीएमसीको बैठकले जेठ १२ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि जेठ १२ गतेसम्म निषेधाज्ञालाई थप कडाइ गर्दै निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा बन्द रहने उहाँको भनाई छ । उहाँका अनुसार निषेधाज्ञाको समयमा भेला, सभा सम्मेलन, निजी तथा सार्वजनिक यातायात, होटेल हाटबजार, व्युटिपार्लर, सैलुन, जिमखाना, स्विमिङ पुल, फुटसल, सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर बन्द हुनेछन् ।
त्यस्तै एम्बुलेन्स, दमकल, शवबाहन, विद्युत्, दूरसञ्चार, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, ढुवानीका साधनहरू, प्रेस पास भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन र अनुमति प्राप्त सवारी साधनलाई भने सञ्चालन हुन दिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
खाद्यान्न एवम् तरकारी पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ । विवाह ९व्रतबन्धको हकमा बढीमा १५ जना नबढ्ने गरी ब्यानर राखेर मात्रै सहभागी हुन पाउने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button