तपाईँ सुन्दै हुनुहुन्छः

जननेता मदन भण्डारीका योगदानहरु दूरगामी र अतुलनीय : प्रधानमन्त्री

File Photo

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी र अतुलनीय भएको बताउनुभएको छ ।

आज २८ औं मदन– आश्रित स्मृति दिवसका अवशरमा एक सन्देश मार्फत प्रधानमन्त्री ओलीले सार्वजनिक सर्वेक्षणमा शताब्दी नायकका रुपमा चयन हुनु भएका मदन भण्डारी नेपाली जनताको मनमा ‘जननेता’का रुपमा स्थापित हुनुभएको उल्लेख गर्नुहुँदै जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जानु आजको आवश्यकता रहेको बताउनु भएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button