तपाईँ सुन्दै हुनुहुन्छः

देशभर बदली भइ सामान्य वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

साेमवार दिउँसो देशका प्रदेश नं १ र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशका प्रदेश १ सहित पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहेने छ । प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button