तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण कञ्चनपुरमा थप तीन जनाको मृत्यु

 
कञ्चनपुर । कञ्चनपुरको महाकाली अस्पतालमा कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६६ वर्षिया पुरुष, भीमदत्त नगरपालिका–२ का ७८ वर्षीया पुरुष ,भीमदत्त नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकृत नारद प्रसाद भट्टले बताउनुभयो ।
त्यसै गरी महाकाली अस्पतालमा पछिल्लो पटक १ सय ११ जनामा गरिएको पिसिआर परीक्षणमा ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकृत भट्टले जानकारी दिनुभयो  ।
अस्पतालबाट आज ७ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button