तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमणका कारण बाँकेमा थप १३ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ४ जनाको मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुर बाबा–९ बर्दियाका २५ वर्षीय पुरुष, तुलसीपुर– १० दाङकी ३८ वर्षीया महिला, मधुवन–९ बर्दियाकी ७० वर्षीया महिला, पंचपुरी –६ सुर्खेतका ५९ वर्षीय पुरुष, बाँसगढी– ६ बर्दियाका ८० वर्षीय पुरुष, नेपालगन्ज–६ की ४० वर्षीया महिला, खजुरा– ३ बाँकेकी ६७ वर्षीया महिला, कैलारी–५ कैलालीका ३८ वर्षीय पुरुष र तुलसीपुर –६ दाङका ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत भिमदत्त– ३ कंचनपुरकी ५५ वर्षीया महिला, कोहलपुर– ९ बाँकेकी ४५ वर्षीया महिला, तुलसीपुर –१ दाङकी ४८ वर्षीया महिला र दंगीशरण– ३ दाङका ६३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमणबाट बाँकेका २ सय४० जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १ सय ९४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button