तपाईँ सुन्दै हुनुहुन्छः

बिपी प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

सुनसरी । पूर्व राज्यमन्त्री तथा फरवार्ड माइक्रो फाइनान्सकी अध्यक्ष भगवती चौधरीले बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको छ ।

एमाले नेतृ चौधरीले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।

अक्सिजन सिलिण्डर हस्तान्तरण गर्दै चौधरीले ‘ फाइनान्सले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिडको महामारीको समयमा सङ्क्रमितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँले कोरोना भाइरसको महामारीबाट बच्न राज्यसँग निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने बताउनुभयो ।

”विपत्तिसँग जुध्न राज्य एक्लैले सक्दैन, हामी सबै उद्योगी, व्यवसायी, समाजसेवी, राजनीतिज्ञहरूको साथ सहयोग चाहिन्छ । अहिले कमाउने समय हैन, बाँच्ने र बचाउने समय रहेको छ ”, नेतृ चौधरीले भन्नुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button