तपाईँ सुन्दै हुनुहुन्छः

संक्रमित पत्रकारलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान

सुनसरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले सोमबार कोरोनाबाट सङ्क्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको छ ।

कोरोना भेरियन्टबाट जिल्लामा झन्डै एक दर्जन सञ्चारकर्मी संक्रमित भएका बेलामा सोमबार पहिलो दिन ७ जना पत्रकारको घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको हो ।

संक्रमित भएर होम आइसोलेसनमा बसेका जिल्लाका ७ जना सञ्चारकर्मीलाई घरमै गएर औषधी सहितको स्वास्थ्य सेवा प्रदान गरेको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

इटहरी कार्यक्षेत्र बनाएर विभिन्न सञ्चार माध्यमा कार्यरत ६ जना र इनरुवा कार्यक्षेत्र बनाएर कार्यरत १ जना गरेर जम्मा ७ जना पत्रकारलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।

संक्रमित सञ्चारकर्मीलाई आवश्यक औषधी उपचार, स्वास्थ्य परामर्श, यस महामारीका बेलमा अपनाउनुपर्ने सतकर्ता लगायतको विषयमा सेवा प्रदान गरेको डा.अमित कुमार खतिवडाले बताउनुभयो ।

प्रेस युनियन सुनसरी र डा. अमित कुमार खतिवडा तथा स्टाफ नर्स किरण चौधरीसँग भएको सहमति अनुसार स्वास्थ्य सेवा प्रदान गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button