तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा निर्वाचनः राप्रपाले एमाले उम्मेदवारलाई मतदान गर्ने

काठमाडौँ । राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा (एमाले) का उम्मेदवारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले सो निर्णय भएको राप्रपा नेता मोहन श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
साथै सो निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार श्री राम बहादुर थापामगरको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button