तपाईँ सुन्दै हुनुहुन्छः

किसान सहकारीद्वारा १०० थान अक्सिजन सिलिन्डर सहयोग

कैलाली । कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १ सय थान अक्सिजन सिलिन्डर रिफिल गरेर हस्तान्तरण गरेको छ । आज संस्थाका सञ्चालक समिति सदस्य सरोज कुमार शाहले अस्पतालका डाक्टर रमेश प्रसाद उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गर्नुभएको हो ।
किसान सहकारीले कोभिड १९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरूलाई सहज अक्सिजन आपूर्तिका लागि किसान अक्सिजन बैङ्क सञ्चालनमा ल्याई उक्त बैकमार्फत सेती प्रादेशिक अस्पताल धनगढी, टीकापुर अस्पताल र लम्की अस्पताललाई अक्सिजन आपूर्ति गर्दै आएको सञ्चालक सदस्य शाहले बताउनुभयो ।
यस्तै सामुदायिक पुस्तकालय टीकापुरले पनि कोरोनाका सङ्क्रमितलाई आवश्यक पर्ने अक्सिजन खरिदका लागि २१ हजार रुपैयाँ टीकापुर अस्पताललाई सहयोग प्रदान गरेको छ ।  पुस्तकालयका अध्यक्ष लोकबहादुर खड्काले अस्पतालका अध्यक्ष दीपकबहादुर रावललाई आज उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button