तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमितलाई निःशुल्क अक्सिजनसहित अक्सिमिटर प्रदान

बीरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र वीरगन्जले होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूका लागि निःशुल्क रुपमा अक्सिमिटर समेत उपलब्ध गराएको छ ।
होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूले अक्सिजन लिन आउँदा उनीहरूलाई शरीरमा अक्सिजन मापन गर्ने अक्सिमिटर समेत निःशुल्क रुपमा उपलब्ध गराइएको ग्रिन सिटी सामुदायिक केन्द्र आदर्शनगर वीरगन्जका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो । उहाँले तत्कालका लागि ८० थान अक्सिमिटर दाताबाट प्राप्त भएसँगै सङ्क्रमितहरूलाई वितरण थालिएको बताउनुभयो ।
ग्रिन सिटी सामुदायिक केन्द्रले कोरोना संक्रमण रोकथामका लागि वीरगन्जमा जारी निषेधाज्ञाको कारण भारतबाट उपलब्ध औषधीहरू ल्याउन नसक्ने अन्य रोगका बिरामीहरूको औषधी समेत भारतबाट मगाई दिने तथा सङ्क्रमणको भय त्रासबाट नगरवासीलाई मुक्त गर्न वायुमण्डलमा अक्सिजन बढाउनका लागि कपुर, श्रीखण्ड लगायतको हवन गर्ने अभियान समेत आदर्शनगर क्षेत्रमा सञ्चालन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button