तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा थपिए ७७ जना संक्रमित

दोलखा । दोलखामा सोमवार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा दुई सय १८ जनाको स्वाब परिक्षण गरिएकोमा ४८ जना पुरुष र २९ जना पुरुष गरी ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भएकाहरूमा भीमेश्वर नगरपालिकाका ११ जना पुरुष र दुई जना महिला गरी १३ जना, विगु गाउँपालिकाका एक जना पुरुष र दुई जना महिला गरी तीन जना, तामाकोसी गाउँपालिकाका १७ पुरुष र १३ महिला गरी ३० जना, बैतेश्वर गाउँपालिकाका छ जना पुरुष र पाँच जना महिला गरी ११ जना, मेलुङ गाउँपालिकाका एक जना पुरुष, कालिन्चोक गाउँपालिकाका तीन जना पुरुष र तीन जना महिला गरी छ जना, जिरी नगरपालिकाका नौ जना पुरुष र तीन जना महिला गरी १२ जना तथा शैलुङ गाउँपालिकाका एक महिला रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
सोमवार शैलुङ गाउँपालिकाका चार जना, तामाकोसी गाउँपालिकाका चार जना र विगु गाउँपालिकाका सात जना गरी १५ जना कोरोना संक्रमण मुक्त भएको पनि कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चरिकोट अस्पतालमा कोरोना संक्रमित ३० जना उपचाररत हुनुहुन्छ भने नौ जनालाई अन्यत्र रिफर गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button