तपाईँ सुन्दै हुनुहुन्छः

भेन्टिलेटरबाट कोरोनालाई पराजित गर्ने आशा देवीको खुसीको सीमा छैन

जनकपुरधाम । कोरोनाका गंभिर बिरामीको उपचार हुँदै आएको प्रादेशिक अस्पताल जनकपुरधामको भेन्टिलेटरमा पुगेर निको भएकी वर्ष ५० की आशा देवीको खुसीको सीमा छैन । अर्को भेन्टिलेटरमा रहेका पुरुषको आफ्नै अगाडी मृत्यु भएको देखेकी आशादेवी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई भगवानको संज्ञा दिनु हुन्छ ।
उहाँले चिकित्सक तथा नर्सहरूले स्नेह तथा राम्रो उपचारका कारणले नै आफू कालको मुखमा पुगेर बाँच्न सफल भएको बताउनुभयो । उहाँ कोरोनालाई हल्का रुपमा नलिन आग्रह गर्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनको पालना गर्न तथा घरमै बस्नका लागि सुझाव दिनुहुन्छ ।
अशादेवी जस्तालाई मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन पाउँदा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूमा निक्कै खुसी हुने गरेका छन् । अहिलेसम्म आशा देवीसहित दुई जनालाई भेन्टिलेटरमा पुगेको कोरोनाका गंभिर बिरामीलाई बचाउनमा सफल भएको प्रादेशिक अस्पतालका कोरोना विशेष अस्पतालका प्रवक्ता समेत रहनु भएका डा.मनिष पाण्डेले बताउनुभयो ।
प्रदेश नंं २ मा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेसँगै प्रादेशिक अस्पतालको.कोरोना विशेष अस्पतालमा बिरामीहरूको सङ्ख्या बढी नै रहेको छ । अहिले कोरोना अस्पतालमा ६७ जना कोरोनाका गंभिर बिरामीहरूको उपचार भइरहेको छ । भेन्टिलेटरमा एक घण्टामा कम्तीमा पनि १० वटा सिलिन्डर खर्च हुने गरेको छ । अहिले अक्सिजनको अभाव हुन थालेकाले भेन्टिलेटर भन्दा अन्य बिरामीलाई बचाउन प्राथमिकता दिनु पर्ने बाध्यता आइपरेको डा. पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button