तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा १४ दिनको लागि निषेधाज्ञा थप कडाइ पारिने

पाँचथर । पाँचथरमा दोस्रो चरणको कोरोना संक्रमण समुदाय स्तरमा फैलिँदै गएपछि जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई थप गदै कडा बनाउने निर्णय गरिएको छ । यस अघि वैशाख २७ गतेदेखि  एक हप्ताको लागि लागु भएको छ ।
जिल्लामा आज बसेको जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिको बैठकले आगामी जेठ १७ गतेसम्मलाई थप गरी कडाइका साथ परिपालन गराउने निर्णय भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समितिका अध्यक्ष पुण्य प्रसाद ढकालले बताउनुभएको छ ।
जिल्लामा दैनिक उपभोग र निर्माणसँग सम्बन्धित पसलहरूलाई पनि हप्ताको  मङ्गलवार, शुक्रवार र आइतबार मात्र तीन दिन बिहान ५ बजेदेखि ९बजेसम्ममा मात्र सञ्चालन गर्न दिने र अन्य सबै पसलहरू बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
जिल्लामा स्वास्थ्यसम्बन्धी सबै प्रकारका मापदण्ड अपनाउन जिल्लावासीमा आग्रह गरिएको छ । पाँचथर जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमणका  १३० जना बिरामीहरू होम आइसोलेसन र कोभिड अस्पतालमा उपचाररत छन् भने एक जनाको मृत्यु भइसकेको छ  त्यस्तै उपचारपछि निको हुनेको सङ्ख्या पनि उल्लेख्य छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button